पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक, बागलुङका पाँच जना खेलाडी
पाेखरा | बैशाख १३, २०८०
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने ‘सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ का लागि ४ विधाको मनोनयन सार्वजनिक गरेको छ ।
मञ्चले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक गरि ४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटबाट बागलुङका करण केसी, आर्चरीबाट तनहुँका गंगा बहादुर कुँवर र टेनिसबाट कास्कीका प्रदिप खड्का मनोनयन परेका हुन् ।
यस्तै वर्ष खेलाडी महिलातर्फ आर्चरीबाट बागलुङकी रोजिना थापामगर, फुटबलबाट लमजुङकी सावित्रा भण्डारी ९साम्बा० र आइटिएफ तेक्वान्दोबाट बागलुङकी सुस्मिता थापामगर छनोट भएकी हुन् ।
यस्तै उदियमान खेलाडीतर्फ भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठ र क्रिकेटबाट बागलुङका सुवास भण्डारी मनोनयनमा परेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
यस्तै उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीबाट स्याङ्जाका किशोर कुमार गुरुङ (केके), लनटेनिसबाट कास्कीका निरज थापा र आइटिएफ तेक्वान्दोबाट कास्कीका सुरज सुनार मनोनयमा परेका हुन् ।
कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबले जनही ३५ हजार र ट्रफी पाउनेछन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गर्ने मञ्चले जनाएको छ ।
उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चका महासचिव पौडेलले बताए ।
अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दीननाथ बरालले बताए । बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गर्ने अध्यक्ष बरालले उल्लेख गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २३ गते पोखरामा सातौं संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ मूल समारोहकाबीच अवार्ड वितरण गर्दै छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

